
मनहरी । पछिल्लो केहि दिन यता देखि मनहरीको रमौली र प्रतापपुर क्षेत्रमा पाटेबाघ देखिएकाले सबैलाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।
मनहरी उपभोक्ता समितीले एक सुचना जारी गर्दै मनहरी गाउपालिका वडा नं।–६ र ७ स्थित प्रतापपुर रमौली क्षेत्रमा पाटे बाघको निरन्तर देखिरहेकाले जंगल क्षेत्रमा एक्लै नजान आग्रह गरिएको छ । रमौली प्रतापपुरको केहि क्षेत्रमा घना काँस घारी रहेकोले उक्त क्षेत्रमा जाँदा सचेत अपनाउन आग्रह गरिएको छ । त्यसै गरि रमौली प्रतापपुरको ड्याग क्षेत्रमा बिहान पख गरिने मर्निङ वर्क तथा हिंडडुल नर्गन समेत आग्रह गरिएको छ । साथै ड्याग बाट गाउँ तिर जाने बाटो हरु मा सचेत रहि केही जान कारी भए उपभोक्ता समिती मा जान कारी गराउन अनुरोध गर्दाछौ । क्यामेरालेट्रयापिङ्ग गरि बाघ को पहिचान गरेर बाघ लाई सुरक्षित स्थानमा स्थानतरण गरि मानविय तथा अन्यको क्षति हुन नदिन समिति निरन्तर निगरानीमा राखिरहेको मनहरी उपभोक्ता समितिका सचिव कमल राईले जानकारी दिए ।
