समाचार

मनहरी बहुमुखी क्याम्पसको अध्यक्षमा ओमबहादुर ग्लान

मनहरी । पश्चिम मकवानपुरको मनहरी बहुमुखी क्याम्पसको अध्यक्षमा निबर्तमान बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान चयन हुनुभएको छ ।

शनिबार भएको क्याम्पसको साधारण सभाले व्यबस्थापन समितिमा ग्लानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा प्रकाश बर्तौला, नवराज सुवेदी, मातृका ढुंगाना, हेमलाल उप्रेती, जयराम अर्याल, विनोद सुवेदी र ज्योति सुवेदी चयन  भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button