समाचार

गढीमा माघ १२ गते ल्होछार  साँस्कृतिक कार्यक्रम हुने  

हेटौंडा  ।मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेदमार चौरमा माघ १२ गते  २८६१ डुल / सा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा सास्कृतिक कार्यक्रम हुने भएको छ ।

बिहिबार नेपाल तामाङ्ग घेदुङ मकवानपुरगढि गाउँपालिका कार्यसमितिले पत्रकार सम्मेलनको आयोजना गर्दै सो कार्यक्रम बारे  जानकारी दिएको  हो ।

तामाङ समुदायको भेषभुषा, साँस्कृतिक पक्ष, कला संस्कृति, मौलिक संस्कार, भाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य -ले -कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

सोनाम ल्होछार कार्यक्रममा राष्ट्रिय कलाकार र स्थानिय कलाकारहरुको तामाङ सेलो सािगंतिक प्रस्तुति र नृत्य प्रस्तुति रहने जनाएको छ । कार्यक्रममा ताम्बा, लामा तथा झाँकी प्रदर्शन, भेषभुषा र खानाका स्टलहरु समेत राखिने घेदुङ गढि गाँउपालिका अध्यक्ष सानो कान्छा थिङले जानकारी दिए ।

यसै गरी कार्यक्रम सञ्चालन गर्न गाँउपालिका र अन्य प्रायोजक संग समन्वय गरेको र अनुमानित ६ लाख खर्च हुने कार्यसमिति सदस्य बिक्रम लुङवाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button