समाचार

पत्रकार राजकुमार भुजेललाई सहकारी पत्रकारिता पुरस्कार प्रदान

दोलखा। पत्रकार राजकुमार भुजेललाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। शनिबार सदरमुकाम चरिकोटमा अभियान बचत तथा ऋण सहकारीको छैठैँ वार्षिक साधारणसभाबाट दोलखाका सक्रिय पत्रकार भुजेल पुरस्कृत भएका हुन् ।

उनलाई पत्रकारिताको क्षेत्रबाट समाजमा प्रत्यक्ष परोक्ष रुपमा पुर्याएको योगदानको कदर स्वरुप नगद सहित पुरस्कृत गरिएको थियो भने सस्थाका कर्माचारी सकिला उप्रेतीलाइ पनि उत्कृष्ट कर्माचारी पुरस्कारबाट सम्मानीत गरिएको थियो। सहकारीले हरेकवर्ष एकजना सञ्चारकर्मीलाई सम्मान गर्दै आएको छ।

सो अवसरमा सभाका प्रमुख अतिथि तथा जिल्ला सहकारी संघ दोलखाका बरिष्ठ उपाध्यक्ष कष्णप्रसाद दाहालले सम्मानपत्र हस्तान्तरण गरेका थिए। पत्रकार भुजेल झण्डै ४/५ वर्षदेखि जिल्ला रहि विभिन्न राजनीतिक, शैक्षीक लागाएतका क्षेत्रमा कलम चलाउदै आएका छन्।

हाल उनि हेर्दा हेर्दै डटकम र मध्यान्ह राष्ट्रिय दैनिकमा आवद्ध छन्। त्यस्तै अभियान साकोसका अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button