
मनहरी । नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटीको अध्यक्षमा बीर बहादुर घलान( आनन्द ) सर्वसम्मत रुपमा निर्वाचित भएका छन।
बिहीबार भएको तेस्रो अधिवेशनको बन्द शत्रमा अध्यक्ष , उपाध्यक्ष र सचीवमा सहमति हुन नसके पछि बन्द सत्र शुक्रबार सम्म लम्बिएको थियो ।
जस अनुसार निर्वाचन कमिटी र उम्मेदवारहरु बिच शुक्रबार भएको छ्लफलमा सहमति जुटेपछी घलान सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएको हो ।
कमिटीको वरिष्ठ उपाध्यक्षमा एकराज पुरी , उपाध्यक्षमा ईस्वरी सुनार र हरि प्रसाद कालाखेती सर्वसम्मत रुपमा चयन भएका छन। त्यसै गरि सचिवमा श्रीकृष्ण ढकाल, कोषाध्यक्षमा लक्ष्मी खड्का , सह- सचीवमा बद्री प्रसाद उप्रेती र राजकुमार स्याङबो सहित ४५ सदस्यीय नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटी गठन गरिएको हो ।






