समाचार

संसदीय छानबिन विशेष समितिले आज प्रतिवेदन बुझाउदै


काठमाडौं । चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ।

विभिन्न पक्षसँग छलफल गरेर समितिले प्रतिवेदन तयार गरेको छ। प्रतिवेदनलाई अन्तिमरूप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो। समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

‘संसदीय छानविन विशेष समितिको बिहीबार अन्तिम बैठक बस्यो। प्रतिवदेन तयारी गर्ने कुरा सम्पन्न भएको छ’, उनले भने, ‘शुक्रबार समय लिएर सभामुखसमक्ष प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। समितिका सभापतिले प्रतिवेदन पेश गर्नुहुनेछ।’ प्रतिवेदनमा उल्लेखित विषय सार्वजनिक गर्न नमिल्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button