समाचार

मनहरीमा हुने ल्होछार मेला तथा सांस्कृतिक  कार्यक्रम स्थलमा सरसफाई

Exif_JPEG_420

मनहरी । मनहरीमा हुने सोनाम ल्होछार मेला तथा सांस्कृतिक  कार्यक्रमको तयारी तीब्र पारिएको छ ।

मनहरी -७ स्थित बुद्ध शान्ति हरित पार्कमा २८६०(डुक ल्हो ) सोनाम ल्होछार अवसरमा यही माघ २७ गते आयोजना गरेको कार्यक्रमको तयारी स्वरुप सोमबार कार्यक्रम स्थलमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सरसफाई उपसमितिका संयोजक सगुन स्याङतानको अगुवाईमा सरसफाई गरिएको हो ।

Exif_JPEG_420

ल्होछार मेला तथा सांस्कृतिक मेला आयोजना हुने स्थलमा ईलाका प्रहरी कार्यालय मनहरी , मनकामना सामुदायिक वन उपभोक्ता समिती मनहरी -७, त्रिनेत्र दल गण सुनाचुरि व्यारेक, आइ . आर टि पोस्ट कत्ले, साङ्गा छोइफेल गुम्बा,मनहरी टोल विकास सस्था, कालिका टोल विकास सस्था, लामाटोल टोल विकास सस्था, सिमपानी गुम्बा परिवार , बुद्ध धर्म सरक्षण समिति , र स्थानिय युवाहरुको सक्रियतामा सरसफाई गरिएको हो ।

कार्यक्रममा तामाङ सस्कार सस्कृति संग सम्बन्धि स्टलहरु रहने छ । भने ताम्बा , बोन्बो , लाप्ताबाहरुको विशेष प्रस्तुति रहने छ । साथै तामाङ समुदायका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button