
मनहरी । मनहरी गाउँपालिका वडा नं ३ हाँडिखोलामा कोल्ड स्टोर निर्माण कार्य सुरु भएको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती र उपाध्यक्ष सीता पुलामिले सयुक्त रुपमा शिलान्यास गरे सङ्गै कोल्ड भवनको निर्माण कार्यको थालनी भएको हो ।
भवन गाउँपालिकाको आन्तरीक श्रोत बाट निर्माण हुन लागेको हो ।
भवनको शीलान्यास गर्दै अध्यक्ष रन्जन कालाखेतीले साविक हाँडिखोलाबासीका लागि गौरवको आयोजनाका रुपमा यस कोल्ड स्टोर निर्माणको योजना अघि सारीएको बताउनुभयो ।
निर्वाचनमा आफुले पहिलो एजेण्डाको रुपमा अघि सारेको कोल्ड स्टोर निर्माण कार्य विभिन्न बाधा अवरोधकाबीच शीलान्यास गर्न पाएकोमा खुशी लागेको उहाँको भनाई छ ।
त्यसैगरी उपाध्यक्ष सीता पुलामी मगरले कोल्ड स्टोर निर्माण पस्चात हाँडिखोलाका तरकारी उत्पादक किसानलाई ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
किसानले दुःख गरेर उब्जाएको तरकारी बिचौलीयाका कारण उचीत मुल्य पाउन नसकेको अवस्थामा कोल्ड स्टोर निर्माण पस्चात कृषकहरुलाई सहज वातावरण हुने उहाँको भनाई छ ।
शीलान्यास कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष शीव प्रसाद खनाल, ३ नम्बर वडा अध्यक्ष अनन्त अर्याल ,५ का वडाअध्यक्ष दीपेन्द्र अधिकारी, ९ का वडाअध्यक्ष राजकुमार श्रेष्ठ , गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
करिब ४ सय मेट्रिक टन क्षमता रहेको उक्त कोल्ड स्टोर ६ करोड २८ लाख ४५ हजारमा निर्माणको ठेक्का साकार गरेको हिमालयन नमोवुद्ध निर्माण सेवा कम्पनीले २४ महिनाभीत्र सम्पन्न गर्ने प्रतिवद्धता सहित सम्झौता गरेको छ ।






