मनहरी । पश्चिम मकवानपुरको मनहरी –७ बुद्धशान्ति हरित पार्कमा हुने ल्होछार मेला तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी तिब्र पारिएको छ । माघ–२७ हुने २८६० सोनाम ल्होछार मेला तथा साँस्कृतिक कार्यक्रको लागि मनहरीका तामाङहरु एकजुट भई मेलाको तयारी तिब्र पारिएको हो ।
जस अन्तर्गत शनिबार बिभिन्न उप समितिहरु गठन गरिएको छ । मेला संजोजक सुरेश मुक्तानको अध्यक्षतामा बसेको बैठकले बिभिन्न ११वटा उप समितिहरु गठन भएको छ । कार्यक्रमलाई भव्य बनाउनका लागि शिव शंकर स्याङतानको संयोजकत्वमा आर्थिक समिति, गोबिन्द गलानको संयोजकत्वमा प्रचारप्रसार समिति गरि ११ वटा समिति गठन गरिएको कार्यक्रम संयोजक सुुुरेश मुक्तानले जानकारी दिए ।
मेलामा तामाङ संस्कार सस्कृति सम्बन्धि बिभिन्न स्टलहरु रहने छ भने लामा बोन्बो लाप्ताबा, ताम्बा लगाएतकाले आफ्नो प्रस्तुती राख्ने छन । साथै तामाङ समुदायका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत तय भएको छ । साथै स्थानिय तथा राष्ट्रिय स्तरको तामाङ कलाकारहरुको पस्तुती समेत रहेन छ ।