समाचार

भूमिहीन सुकुम्बासी, अव्यवस्थित बस्ती सङ्घर्ष समितिद्वारा मनहरीमा धर्ना


मनहरीका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बस्ती सङ्घर्ष समितिले मनहरी गाउँपालिकाको कार्यालयमा धर्ना दिएको छ ।
संघर्ष समितिका मकवानपुर जिल्ला अध्यक्ष क्षेत्रबहादुर मुक्तानको अध्यक्षतामा भएको धर्ना कार्यक्रममा नेपाल काङ्ग्रेस गाउँ इकाई कमिटी अध्यक्ष प्रकाश बर्तौला, नेकपा एमालेका नवीन सुवेदी, ए. माओवादी केन्द्रका रामप्रसाद कालाखेती, रा.स्व.पा.का गोबिन्द सापकोटा, संघर्ष समिति सल्लाहकार बिरेन्द्र डिसि,डम्बरबहादुर मुक्तानलगायतको सहभागीता रहेको थियो ।

समितिले भुमिहीन सुकुम्बासी अव्यवस्थित वस्तीको भू–स्वामित्व कायम गर्नुपर्ने, संरक्षित क्षेत्रलाई संरक्षण गर्नुपर्ने,मध्यवर्तीको नाममा निकुञ्जको ज्यादतीलाई अन्त्य गर्नुपर्ने,नेपालको संविधानमा उल्लेखित जनताको मौलिक हक अधिकारको सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखेर धर्ना दिएको हो ।

यसैगरी जनाताप्रति उत्तरदायी बनी स्थानीय सरकारको अधिकार कार्यन्वयन गर्नुपर्ने, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२५–२०७५–३ क, (१) मा उल्लेखित दफालाई खारेज गर्नुपर्ने, भुमि सम्बन्धी ऐन २०७६ खण्ड ६५ को दफा ५२ ख, ४ को उपदफा (ग) मा उल्लेखित परिभाषालाई खारेज गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

सङ्घर्ष समितिका अध्यक्ष मोक्तानले मध्यवर्ती क्षेत्रले यहाँका नागरिकले निकै दुःख झेल्नु परेको बताउनुभयो । उहाँले आफूहरुको माग पूरा नभए भदौ २५ गते पालिका र मनहरीका सबै वडा कार्यालयमा तालाबन्दी गर्ने बताउनुभयो । त्यति गर्दा पनि माग पूराको सुनुवाइ नभए जनप्रतिनिधिहरूको घरमा तालाबन्दी गर्ने चेतावनीसमेत मोक्तानले दिनुभयो ।

कार्यक्रमको सञ्चालन वसन्तकुमार लामाले गर्नुभएको थियो । धर्नासँगै शान्तिपूर्ण ¥यालीको समेत आयोजना गरिएको थियो ।
भूमिहीन सुकुम्बासी सङ्घर्ष समितिले पालिकामा धर्ना दिइरहँदा पालिकामा प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीहरू थिएनन् । नागरिकका समस्या सुन्ने फुर्सद र चासो नराख्ने हाम्रा जनप्रतिनिधि र कर्मचारीहरुको कुनै नयाँ रोग होइन । यही रोगका कारण जुन जुन तन्त्र देशमा आए पनि नागरिकले कहिल्यै समस्यारहित हुन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button