स्थानिय

मनहरी -५ मा माओवादी केन्द्रका अधिकारी अध्यक्षमा बिजयी

मनहरी गाउँपालिका वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्र बिजयी भएको छ ।

सोमबार दिउसो मनहरी – ४ लामिटारमा रहेको निर्वाचन अधिकृतको कार्यालयको सभाहलमा गणना भएको अन्तिम मत परिणामले वडा अध्यक्ष माओवादीका दिपेन्द्र अधिकारी बिजयी भएको हो। यो संगै माओवादी केन्द्रले मनहरी गाउँपालिकामा बिजयी गर्ने वडाको संख्या ३ पुगेको छ।

प्रभावशाली युवा नेताको रुपमा परिचित अधिकारीले १ सय ८९ मतान्तरले प्रतिद्वन्दी कांग्रेसका योगेन्द्र अर्याललाई पछि पर्दै बिजयी भएका छन् । अधिकारीको ७ सय ६२ मत, कांग्रेसका योगेन्द्र अर्यालले ५ सय ७३ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा एमालेको किशोर बर्तौलाको ५ सय २१ मत, नेकपा (एकीकृत समाजवादी) को १५ मत र राप्रपाले ४३ मत प्राप्त गरेका थिए ।

हाल सम्म मनहरी गाउँपालिकामा वडा नम्बर १ मा नेपाली कांग्रेसको शिब प्रसाद खनाल, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको राजकुमार पाख्रिन, वडा नम्बर ३ मा नेपाली कांग्रेसका अनन्त प्रकाश अर्याल, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रको प्रकाश थापा बिजयी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button