
मनहरी । मनहरी गाउँपालिका वडा न.-६ मा आज देखि ५ दिवसीय युवा नेतृत्व बिकास तालिम सुरु भएको छ ।
मनहरी गाउँपालिका वडा न.-६ को आयोजना र नमस्ते मनहरी मनहरी मिडिया प्रालिको समन्वयमा तालिम संचालन भएको हो ।
तालिमको बुधबार एक कार्यक्रमका बिच मनहरी -६ का अध्यक्ष युवराज थपलियाले उदघाटन गरे ।
कार्यक्रमको उदघाटन गर्दै कार्यक्रमका प्रमुख समेत रहेका अध्यक्ष थपलियाले युवाहरूको बिकास बिना बिकास सम्भब नभएको बताए ।
नमस्ते मनहरी मिडिया प्रहरीका अध्यक्ष जयराम मुक्तानको अध्यक्षता भएको उदघाटन कार्यक्रममा मनहरी -६ का वडा सदस्य बिष्णु राई , कुमार सिं मुक्तान , राममाया नगरकोटि , सुनाचुरी सामुदायिक वनका अध्यक्ष , बिभिन्न टोल बिकास सस्था पदाधिकारीहरुको उपस्थित रहेका थिए ।
५ दिन सम्म संचालन हुने उक्त तालिममा ३५ जना सहभागी रहेका छन।






