
मनहरी । मनहरी गाँउपालिका नं.– ५ मा गरिब परिचयत्र वितरण गरिएको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गरि गरिबी परिचय पत्र वितरण गरिएको वडा अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए ।
नेपाल सरकारको भुमि व्यवस्थापन तथा गरिबी परिवार मन्त्रालयबाट छनौट भइ आएका ६३ जना घर परिबारलाई परिचय पत्र वितरण गरिएको हो ।
जसमा सामान्य १६ , मध्यम २८ र अति गरिब १९ गरि ६३ जनालाई परिचयपत्र वितरण गरिएको हो ।
उनिहरुलाई वडा अध्यक्ष दीपेन्द्र अधिकारी , विदुर पाठक लगाएतको उपस्थीतीमा परिचय पत्र वितरण गरिएको हो ।






