खेलकुद

अखिल नेपाल खेलकुद महासंघ मनहरीको प्रथम अधिवेशन मंगलबार हुने

मनहरी । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ मनहरी गाउँ कमिटीको प्रथम अधिवेशन हुने भएको छ ।

जनतासंग माओवादी विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत खेलकुद महासंघको प्रथम अधिवेशन मंगलबारआयोजना गर्न लगिएको  हो ।

कार्यक्रम मंगलवार मनहरी -७ , स्थित मनकामना मन्दिर परिसरमा दिउसो १ बजे हुने नेकपा माओवादी केन्द्र मनहरीका ईन्चार्ज राजकुमार पाख्रीनले जानकारी दिए ।

कार्यक्रममा उपस्थित भइदिन सम्पुर्ण खेलप्रेमिहरुलाई आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button