समाचार

जेसीजको राष्ट्रिय पदाधिकारी बन्ने लक्ष्य छ :कार्की


थाहा नगर । पालुङ जेसीज बर्ष २०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका संगम कार्कीले आफु नेपाल जेसीजको राष्ट्रिय पदाधिकारी बन्ने लक्ष्यका साथ अगाडि बढेको बताउनुभएको छ ।
कार्कीले सञ्चारकर्मीहरु संगको कुराकानीमा आफु जेसीजको नियम अनुसार सबै भूमिका निर्वाह गरि अध्यक्ष हुन योग्य भएकोले उम्मेद्रवारी दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पालुङ जेसीजमा म हुन बाँकी अध्यक्ष मात्रै हो । यहाँ अध्यक्ष भएपछि नेपाल जेसीजको राष्ट्रिय पदाधिकारी बन्ने लक्ष्य रहेको छ ।’
उहाँले बर्ष २०२३ मा पालुङ जेसीजको आफ्नो कार्यकालमा विविध कार्यक्रमहरु सहित युवाहरुलाई सामाजिक कार्यमा सहभागी गराईने बताउनुभयो ।
‘सेवाका लागि युवा’ भन्ने नारा सहित टि फण्ड फर फ्युचर ९टि।एफ।एफ।० कार्यक्रम मार्फत एक दिन एक कप चिया वापतको रकम जम्मा गरी उक्त रकम सामाजिक कार्यमा लगानी गर्ने अध्यक्ष पदका उम्मेद्वार कार्कीले बताउनुभयो ।
जेसीज अभियानमा संलग्न युवाहरुलाई सामाजिक उत्तरदायी बनाउन टि।एफ।एफ। कार्यक्रम प्रभावकारी हुने कार्कीले बताउनु भयो ।
एक बर्ष एक ब्यक्ति एक पद को सिद्धान्त बोकेको जेसीज अभियान अन्तरगत आफूले अध्यक्ष पदमा उम्मेद्वारी दिएकोले सोको लागि सहयोग गर्न पूर्व अध्यक्षहरु, सदस्यहरु लगायत सबैमा कार्कीले अनुरोध गर्नुभयो ।
उहाँले आफू तीन ‘स’ अर्थात समानता, सहकार्य र सफलताको अवधारण सहित अध्यक्ष पदमा उम्मेद्वारी दिएको बताउनु भयो ।
स्थानीय संघ संस्था, स्थानीय तहसंग जेसीज अभियानको सहकार्य सहित बर्ष २०२३ लाई उत्कृष्ठ बनाउने योजना रहेको कार्कीले बताउनुभयो ।
उहाँले जेसीजमा आवद्ध सबै युवाहरुलाई जेसीज अभियानमा सक्रिय बनाउने, पूर्व अध्यक्षहरु र नयाँ सदस्यबीच परिचयात्मक अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button