खेलकुद

मनहरी– ५ मा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न , प्रतियोगितामा सुमन थिङ प्रथम


मनहरी । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व शुभदिपावलीको पावन अवसरमा मंगलबार मनहरी –५ मा स्लो बाइक रेस प्रतियोगिता भएको छ । प्रतियोगितामा सुमन थिङ प्रथम भएको छ । सुर्य किरण युवा क्लवको आयोजनामा बसन्तपुरको भोजशिद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त प्रतियोगितामा थिङ प्रथम भएको हो । विजेता थिङले ५ हजार नगद पुरस्कार प्राप्त गनुभएको छ ।

चाडवाडको अवशर पारेर मनोरञ्जनात्मक हिसाबले उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लवका सचिव तथा कार्यक्रमका सभाअध्यक्ष मिलन ढुङ्गानाले बताउनुभयो ।

संविधान सभा सदस्य एवम् नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य राजाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३५ जना सहभागी भएका थिए ।
कार्यक्रममा ५ नं वडाका वडाअध्यक्ष दिपेन्द्र अधिकारीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नेकपा(एस) का गाउँ कमिटी सचिव ओम कुमार आले , नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जनकराज उप्रेती, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष गोविन्द सापकोटा , नेपाली कांग्रेसका विष्णु उप्रेती , क्लवका पुर्व अध्यक्ष जीवन बिराट लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button