
राक्सिराङ । राक्सिराङ -३ मा निर्माण सम्पन्न भौतिक पुर्वाधार हस्तान्तरण गरिएको छ ।
बिहिवार एक कार्यक्रमको आयोजना गरि राक्सिराङको पर्यटकिय क्षेत्र जलपरी झरना तथा चमेरो गुफा वरपर निर्माण गरिएको विभिन्न पर्यटकिय पुर्वाधार निर्माण पश्चात निर्माण कम्पनीले गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
उक्त क्षेत्रमा विभिन्न ल कार्यक्रम, जमघट तथा अन्य गतिविधि समेत गर्न मिल्ने गरि ट्रस्ट निर्माण तथा चौर ब्यवस्थापन गरिएको गरिनुका साथै ।
टिकट काउन्टर, सुरक्षा गार्ड कक्ष, शौचालय तथा पार्किङ क्षेत्रको समेत निर्माण गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विभिन्न कठिनाईका बाबजुद आकर्षक पर्यटकिय संरचना निर्माण गर्न सफल भएको बताउनुभयो ।
राक्सिराङको चिनारीको रुपमा जलपरी झरना र चमेरो गुफा रहेको बताउँदै यसको संरक्षण र प्रवद्र्धन जरुरी रहेको उहाँको भनाई छ ।
त्यसै गरि विभिन्न भौतिक संरचना निर्माणले जलपरी झर्ना क्षेत्र राक्सिराङकै नमुना पर्यटकिय स्थान बन्न्नेमा विश्वास रहेको बताए ।
निर्माण कम्पनीले ६ महिनाको अवधिमा निर्माण गरि हस्तान्तरण गरेको हो । संघीय सरकारको १ करोड र गाउँपालिकाको ४० लाख बजेटमा सो संरचना निर्माण गरिएका हुन ।






