स्थानिय

मनहरी पुस्तकालयको वार्षिकोत्सको अवसरमा पुस्तक सहयोगीहरुलाई सम्मान


मनहरी । मनहरी पुस्तकालयले शनिबार बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ । पुस्तकालयमा पुस्तकहरु सहयोग गर्ने ब्यक्ति तथा संघ सस्थालाई पुस्तकालयको प्रथम वार्षिकोत्सवको अवसरमा शनिबार एक बृहत कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

कार्यक्रम बागमती प्रदेससभा सदस्य सांसद ओम बहादुर ग्लानको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर घलान(रेखा) राक्सिाराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, मनहरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द अधिकारी,लगाएत बिभिन्न ब्यक्तिहरुको उपस्थीत रहेको थियो  भने पुस्तकालयका अध्यक्ष इन्द्रमणि स्याङ्तानको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मकवानपुरका बिभिन्न साहित्यकारहरुले आ–आफ्नो रचना वाचन समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button