
मनहरी । मनहरी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत फेरिएको छ ।
यसअघि मोहन कुमार श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेको गाउँपालिकामा रमेश सुवेदी प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका हुन ।
श्रेष्ठको गत भाद्र ३० गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको थियो ।
उनी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका सरुवा भएका छन् ।
यता मनहरीमा आएका सुवेदी यस अघि तनहुँको देवघाट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै रुपमा कार्यरत थिए ।
गण्डकी प्रदेसको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दरवन्दी रहेका उनको हाल मनहरी सरुवा भएको हो ।
सुवेदीले आउँदो आईतबारदेखि मनहरीमा पदभार ग्रहण गर्ने बताइएको छ ।






