समाचार

मनहरीमा ४१ जनाद्वारा रक्तदान

मनहरी । मनहरीमा शुक्रवार ४१ जनाले रक्तदान गरेका छन । मनहरी ख्रिष्टियन विद्यार्थी संगतीको आयोजनामा मनहरी -७ स्थित बजारमा आयोजना गरिएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेको हो ।

विद्यार्थी संगतीकोले जिल्ला रेडक्रस सङ्गको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो ।
यस  अघि विद्यार्थी संगतीले मनहरीमा विभिन्न क्रीयाकलापहरु संचाललन गरेका थिए   ।

कार्यक्रम मनहरी ख्रिष्टियन विद्यार्थी संगतीका अध्यक्ष राधिका थिङको अध्यक्षतामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button