
मनहरी । नेपाल कम्युनिष्ट पार्टी ढमाओवादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरको बैठक शुक्रबार बसेको छ । बैठकले आगामी मसिंर ४ गते हुने प्रदेश र संघको निर्वाचनको तयारीका लागि स्थानीय तहमा पार्टीको गतिविधि ब्यापाक बनाउन सबै स्थानिय तहलाई निर्दैशन दिएको हो । आगामी निर्वाचनमा मकवानपुरको सबै निर्वाचन क्षेत्रमा राम्रो नतिजा ल्याउनका लागि पार्टीको गतिविधि सञ्चालन गर्न बैठकले निर्देशन दिएको छो ।
त्यसै गरि पार्टी भित्र रहेका केहि समस्या समाधान गर्नका लागि सबैको सबै पंति एक हुने पर्नेमा समेत जोड दिएका थिए । गत स्थानिय तहको निर्वाचनमा भएका केहि कमिकमजोरी सच्याउदै जनताको मसिंरमा हुने निर्वाचनालाई मुख्य एजेण्ड निर्माण गरि पार्टीका सबै नेता कार्यकर्ता एक हुन पर्नेमा बैठकको निष्कर्ष रहेको थियो ।
बैठकमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्यहरु आशा नेपाली, प्रमिला पुलामी (लामा), प्रल्हाद लामिछाने, बिजय गौतम, बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी ९छिन्तु० लगायतको उपस्थिति रहेको थियो ।
बैठक पार्टी नेकपा माओवादी केन्द्र जिल्ला संयोजक सर्केश घलान (मधु) को अध्यक्षतामा बसेको बैठकमा पार्टीको राजनीतिक ब्युरो सदस्य एबंम जिल्ला ईन्जार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।






