
मनहरी । राक्सिराङ – ६ मा रहेको सिलिङ्गे सामुदायिक वन समुहको अध्यक्षमा कृष्ण लाल मोक्तान चयन भएका छन।
संस्थाको बिशेष भेला तथा छैटौं अधिवेशनबाट मोक्तानको नेतृत्वमा १५ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
समितिका उपाध्यक्षमा सन्त माया थीङ, सचिवमा अमित चेपाङ, सहसचिवमा गम बहादुर चेपाङ सर्वसम्मत रुपमा चयन गरेको हो ।
अध्यक्षमा चयन भएपछि नमस्ते मनहरीसंग प्रतिक्रिया व्यक्त गर्दै मोक्तानले वनको विकास र उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाए । संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्नेदेखि नितिगत सुधार र वन संरक्षणको सवालमा सक्रिय भएर काम गर्ने उनको भनाई छ।






