
हेटौंडा । कात्तिक बागमती प्रदेशका पुर्ब मुख्यमन्त्री एबम नेकपा एमालेका नेता डोरमणी पौडेलले सुरुङ्गमार्गमा जनताले लगानी गरेको रकम कानुनीरूपमा फिर्ता गर्न नपर्ने बताउनुभएको छ । नेकपा एमाले मकवानपुरले निर्वाचन छेत्र नम्बर १ को खको घोषणापत्र सार्बजनिक गर्ने कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका नेताको अगुवाइमा थालिएको उक्त योजनाको लगानीको रूपमा रहेको जनताको रकम हिनामिनाको विषयमा पत्रकारको प्रश्नको जवाफ दिदै उहाँले जनताले नेपाल पुर्बाधार बिकास कम्पनीको शेयरको रुपमा लगानी गरेकोले कम्पनी घाटामा जादा रकम फिर्ता गर्नुपर्ने बाध्यता नहुने बताउनु भएको हो । घोषणापत्रमा प्रकाश पार्दै उहाँले आफ्नो सरकार बनेको अबस्थामा मात्र उक्त घोषणापत्र लागू गरिने अन्यथा पहल मात्र रहने बताउनुभयो ।
नीतिनिर्माणको लागी साम्सद गएपनी बिकास निर्माण जनताको चाहना भएकोले घोषणापत्रमा बिकासका योजनाहरु उल्लेख गरिएको बताउनुभयो । पुर्बमुख्यमन्त्री पौडेलले आफ्नो कार्यकालमा थालिएका राम्रो आयोजनाहरुलाई निरन्तरता दिईएको जनाउनुभयो ।






