
मनहरी । नेकपा माओवादी केन्द्र मनहरी–७ वडा कमिटिले दीप प्रज्वलन गरेको छ । आइतबार पोखरामा विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो ।
सोमबार साँझ मनहरी बजारमा एक कार्यक्रमको आयोजना गर्दै दीप प्रज्वलन गरिएको नेकपा माओवादी केन्द्र मनहरी –७ का अध्यक्ष गोविन्द गलानले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाएका ७२ जना र १९९० माघ २ गतेको महाभुकम्पमा ज्यान गुमाएका ८५१९ जना समेतलाई स्मरण गर्दै एक मिनट मौन धारण गर्दै मृतक हरुको चिरशान्तीको कामना गरेको थियो ।






