समाचार

छैसठ्ठी मोड दुर्घटना अपडेट : घाईतेहरुको पहिचान खुल्यो

मनहरी । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने छैसठ्ठी मोडमा १४ जना यात्रु बोकेको विइङर गाडी दुर्घटनामा घाइते भएका हरुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज दिउँसो १ बजेको समयमा मकवानपुर भिमफेदी गाउँपालिका ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्टी मोडमा चित्लांग बाट सर्लाहीको लालबन्दी जादै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नम्वरको विङ्गर गाडी दुर्घटना भएको हो ।गाडी सडक देखी करिब २० मिटर तल खसी दुर्घटनाभै सल्लाको रूखमा अड्किको थियो ।

दुर्घटनाबाट सर्लाही लालबन्दी नगरपालिका १५ बस्ने बर्ष २८ कि अम्वरी लो लालबन्दी नगरपालिका १६ बस्ने बर्ष ३६ को रितिक राई सोहि स्थान बस्ने बर्ष पदम बहादुर श्रेष्ठ लाबंदी १६ कै राजाराम बस्नेत रहेका छन । बस्नेतको अवस्था भने गम्भीर रहेको अस्पताल स्रोतले बताएको छ ।

घाइते हुनेमा लालबन्दी नगरपालिका १ बस्ने बर्ष ५६ को कमल थापा र लाबंदी नगरपालिका १६ बस्ने बर्ष ३० कि शान्ता बि.क को अवस्था गम्भिर रहेको छ ।

दुर्घटनाबाट घाइते भएकाहरुमा लालबन्दी नगरपालिका ४ का सरोज कुमार चौधरी लालबन्दी १५ का निर्मला बि.क लालबन्दी १५ कै सिमा घलान लालबन्दी नगरपालिका ५ बस्ने बर्ष ५० को समिर सुबेदी लालबन्दी १६ कि कल्पना बि.क लालबन्दी १५ कि निलिमा खड्का सोहि स्थानकी सुस्मा बि.क लालबन्दी १६ बस्ने बर्ष ३२ कि पवित्रा घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हो ।

दुर्घटनामा ३ जनाको अवस्था गम्भिर रहेको छ भने ३ जना सामान्य घाइते भएका छन भने ८ जना मध्यम घाइते भएको उपचारमा खटिएका चिकित्सकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button