समाचार

राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान मकवानपुरकोअध्यक्षमा रविन्द्र थिङ

मनहरी । राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा मकवानपुरको आठौं अधिवेशनबाट रविन्द्र लाल थिङ अध्यक्षमा चयन भएका छन ।  हेटौंंडा ५ रुद्रेश्वर मन्दिरको सभाहलमा भएको अधिवेशनबाट थिङको अध्यक्षतामा १९ जनाको कार्य समिति चयन भएको हो ।

प्रथम उपाध्यक्ष चन्द्र बजगाई, द्धितीय उपाध्यक्ष निरु खड्का, महिला उपाध्यक्ष प्रतिमा अर्याल, सचिव अमर गोले, सह सचिव राजेश मगराती, कोषाध्यक्ष विर बहादुर लो,सहकोषाध्यक्ष सम्झना विष्ट र प्रवक्तामा कुमार महत रहेका छन् ।

प्रतिष्ठानको अधिवेशन केन्द्रिय अध्यक्ष रमेश विशीको ज्यूको प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो । सो अधिवेसनमा विशिष्ट अतिथी अमर विरही गुरुङ, विशेष अतिथी रिता थापा, र अतिथीहरुमा केन्द्रिय उपाध्यक्ष दिपक खड्का केन्द्रिय सचिव रमेश राज भटराई, बशुदेब सिमखडा, बगमती प्रदेशका बरिष्ठ उपाध्याक्ष तथा कैलाश गाउँपालिकाको उपाध्यक्ष बाल कुमार मल्ल र निवर्तमान अध्यक्ष क्षेत्र बहादुर थिङ ९अमर० लगायतको उपस्थिी रहेको थियो । भने सो अवसरमा रुद्रेश्वर मन्दिर परिसरमा प्रतिष्ठानकै भवन प्रमुख अतिथी रमेश विशी ज्यूले शिल्यानस गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button