
मनहरी । मनहरी गाउँपालिका वडा- २ मा वाइसीएल नेपाल वडा कमिटी गठन गरेको छ । शुक्रबार एक बृहत कार्यक्रमको आयोजना गरि शुक्रराम मुक्तानको अध्यक्षतामा २९सदस्यीय वडा कमिटी गठन गरेको हो ।
उपाध्यक्षमा बिर भद्र ब्लोन , सचिवमा कुमार स्याङतान चयन भएको छ ।
त्यसै गरि सदस्यहरुमा बिरेन्द्र स्याङतान , शन्तोष घलान , दिनेश ब्लोन लगाएतका गरि २९ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
नेकपा माओवादी केन्द्र जिल्ला समिती मकवानपुरका संयोजक सर्केश घलानको प्रमुख आथित्यमा भएको कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान (ज्वाला) माओवादी केन्द्र मनहरीका इन्चार्ज राजकुमार पाख्रीन , वाईसीएल नेपाल मनहरीका ईनचार्ज ईश्वर थापा , अध्यक्ष कृष्ण रुम्बा ( झाक्री ) कृष्ण रुम्बा (झाक्री), लगाएतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्






