स्थानिय

मनहरी –४ मा शुक्रबार पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिविर सञ्चालन हुने


मनहरी । मनहरी गाँउपालिका वडा नम्बर –४ को महिलाहरुको पाठेघरको समस्यालाई मध्येनजर गर्दै एक दिने पाठेघरको मुखको क्यान्सर सम्बन्धी निशुल्क शिविर सञ्चालन हुने भएको छ । शुक्रबार बिहान –८ बजे मनहरी –४ स्थित पशुपति माविको प्राङगणमा शिविरको आयोजना गरिएको छ । पछिल्लो समयमा महिलाहरुको प्रमुख समस्याको रुपमा रहेको यो समस्याको हद सम्म हल होस भन्ने उद्देश्यले वस्तिपुर जेसीजले कार्यक्रमको आयोजना गरिएको हो भने नेपाल परिबार नियोजन संघ हेटौडाले प्राविधिक सहयोग गरेको छ भने मनहरी –४ को वडा कार्यालयको संयोजनमा शिविरको आयेजना गरिएको हो ।
शिविरमा सहभागि भई पाठेघरको परिक्षण गरि रोगको पहिचान गरि समयमै उपचार गर्न सबै वडा बासीलाई आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button