
निर्वाचनको मिती नजिकिए संगै मतदाताहरुले उम्मेदवारहरुको जित हारका पुर्ब अनुमान लगाउन थालेका छन् । मतदाताहरुले बिगतका मतभार, निर्वाचन क्षेत्रमा गरिएको कार्यप्रगती र समाबेशितालाई समेत आधार मानेर यस्ता आंकलनहरु गरेका हुन् ।
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ मा सत्तारुढ ५ दलिय गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एबम् मकवानपुर ईन्चार्ज कुमारी मोक्तानको सम्भावना बलियो बन्दै गएको बताइन्छ । थाहा नगरपालिकाकी रिता बिष्टले कुमारी मोक्तानलाई प्रदेश सभा सदस्यमा विजयी भएको घोषणा गर्न मात्र बाँकी रहेको बताउनुभएको छ ।
उहाँको अनुसार भोट हाल्न आतुर भएर थाहाका मतदाता बुेका छन् । निडर महिता नेतृ मोक्तानलाई जिताउदा महिलाहरुको जित हुने उहाँको तर्क रहेको छ । यसैगरी भिफेदीकी मतदाता अप्सरा लामाले मोक्तान कसको प्रतिष्पर्धी भन्दा पनि संघियता, धर्म निरपेक्षता र अग्रगमनको पक्षधर भएको कारण गाऊँघरका मतदाताले रुचाएको बताउनुभयो ।
उहाँको सरल र हक्की स्वभाब अनि ईमान्दारिताको कारण पनि मतदाताहरु पुनः मोक्तानलाई जिताउन चाहेको लामाले जनाउनुभयो । त्यसैगरी गढीकी निलम पाख्रिनले पनि मोक्तानका कारण छोरी बुहारीले उच्च शिक्षा सम्म निशुल्क पढ्न पाउने भएकोले पुनः मोक्तानको पक्षमा मतदान गरिने जनाउनुभयो । उहाँको अनुसार मोक्तानको जित शिक्षाप्रेमी जनसमुदायको जित रहेको छ ।
‘सांसद हुँदा नै गाउँगाउँको विकासमा भुमिका खेल्नुभएको मोक्तानले मन्त्री भएपछि धेरै बजेट विनियोजन गर्नु भएकाले जनताले मोक्तानलाई नै भोट दिने मन बनाईसकेका छन्,’ स्थानीय एमाले नेताले भने । यसअघि १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित हुनु भएको मोक्तानलाई जनताले यसपटक अझबढी भोट दिने समेत उनले बताए ।






