समाचार

मनहरीबाट ६ किलो गाँजासहित दीपक थापा पक्राउ

मनहरी । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा ६ किलो गाँजासहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ताका २७ वर्षीय दीपक थापा रहेकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ । शुक्रबार विहान करिब ९:२५ बजेको समयमा विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय मनहरीको टोलीले शंका लागि चेकजाँच गर्दा कालो झोला बोकी पैदल यात्रा गरिरहेका थापालाई नियन्त्रणमा लिई खोजतलास गर्दा उनको झोलाभित्र लुकाइ छिपाइ ल्याइएको लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झोलाबाट ६ किलो गाँजा बरामद गरिएको छ । पक्राउ परेका थापाविरुद्ध लागू औषध सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट सात दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button