
राक्सिराङ । राक्सिराङ गाउँपालिका वडा नम्बर -३ दमारमा सन्चालन भएको १५ दिने दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ।
बैशाख २१ गते बाट संचालन भएको १५ दिने तालिम शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
राक्सिराङ गाउँपालिकाको सहयोगमा लालित्य सेवा प्रतिष्ठान हेटौंडाले आयोजना गरेको तालिममा राक्सिराङ -३ मा रहेको सिद्धार्थ हरियाली सामुदायिक वन समुहमा आवद्ध २५ जना महिलाहरुको सहभागीता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले वन जङ्गलमा खेर गइरहेको सालको पातको दुना टपरी निर्माण गरि अर्थोपार्जन गर्न सकिने बताए ।
महिलाहरुले फुर्सदको समयको सदुपयोग गरी निरन्तररूपमा दुना टपरी उत्पादन गरेमा बजारीकरणमा सहयोग र प्रोत्साहन स्वरुप स्थानीय सरकारले अनुदानको व्यवस्था गर्न सकिने बताए ।
राक्सिराङलाई प्लास्टिक मुक्त पालिका निर्माणमा आफुहरु अघि बढेको सुनाउदै अध्यक्ष मल्लले प्लास्टिकको प्लेट तथा थालको सट्टा स्थानीय स्थरमा हुने सभा, समारोह तथ सार्वजनिक कार्यक्रमहरुमा पातबाट निर्मित दुना टपरी प्रयोग गर्न सबैलाई आग्रह गरे।
त्यसै गरी गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले महिलाहरुलाई स्वरोजगार बनाउन गाउँपालिकाले विभिन्न तालिमहरु संचालन गरिरहेको बताए।
बिगतमा विभिन्न स्वरोजगार मुलक तालिममा सहभागीभएकाहरु तालिम सकिने बित्तिकै सम्पर्क बिहिन हुने परम्परा रहेको बताउदै उपाध्यक्ष थिङले तालिममा सहभागी भए पछि स्वरोजगार हुने मनसयले तालिममा सहभागी हुनेपर्ने बताए ।
कार्यक्रमको अवसरमा सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समुहलाई राक्सिराङ गाउँपालिकाले दुना टपरी निर्माण गर्ने मेसिन समेत हस्तान्तरण गरिएको थियो ।
गाउँपालिका अध्यक्ष राज कुमार मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रममा भएको थियो।त्यस्तै, गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, सामाजिक विकास अधिकृत गोविन्द अधिकारी, वडा नं. ३ का अध्यक्ष उत्तम वाइबा, समाजसेवी विरेन्द्र जिम्बा, सिद्धार्थ हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ज्ञानेन्द्र तामाङ लगायतको आतिथ्यता रहेको थियो।






