
मनहरी । मसिंर ४ गते हुने निर्वाचनका लागि मकवानपुर –२ (ख) बाट प्रदेश सभाका लागि उम्मेदावर दिएका नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्कली कम्युनिष्ट भएको बताएका छन ।
बुधबार आयोजित बाम लोकतान्त्रि गठबन्धनको राक्सिराङ ८ र ५ को बृहत सयुक्त कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदावर बानियाले उक्त कुरा बताएका हुन । ओलीले झुटो कुरा र नक्कली ब्यवहार प्रदर्शन गर्दै जनता माझ सच्च कम्युनिष्ट हुँ भन्दै भ्रम छर्दै हिडिरहेको बताए । उनी कम्यनिष्टको नक्कली खोल ओडेर जनता माझ लोक प्रिय बन्न खोजीरहेको तर उनको चरित्र जनताले पहिचान गरिसकेकोले उनको त्यो सपना पुरा नहुने बताए ।
झुटो र भ्रमको खेती गर्ने एमलेलाई गत स्थानीय तहको चुनावमा पनि जनताले सवक सिकाइसकेको बानियाले बताए । जनताको घर दैलोमा भ्रम छर्दै भोट माग्न पुगेका एमालेलाई राक्सिराङ , कैलाश , मनहरीका जनताले बहिष्कार गर्दै लोकतान्त्रि बाम गठबन्धनका उम्मेदवारलाई अत्याधिक मत प्रदान गरी विजय गराएको स्मरण गर्दै बानियाले भने जनताले पुन यो निर्वाचनमा सो कार्यकलाई निरन्तरता दिइ गठबन्धनको उम्मेदवारलाई विजयी गराइ प्रतिनिधि सभा र प्रदेश सभाको ढोका एमालेको लागि बन्द हुनेमा विश्वास व्यक्त गरे ।
सच्चा कम्युनिष्ट अहिले कांग्रेस संग सहकार्य गर्दै देश र जनताको पक्षका काम गर्नका लागि सहकार्य अगाडी बढिरहेकाले अवको निर्वाचन पनि देश समृदी र जनता सुखी रखुसी हुने दिन आउनेमा बानियाले विश्वास व्यक्त गरे।






