खेलकुद

एशिया कप टी २० क्रिकेट : बंगलादेशमाथि अफगानिस्तानको सानदार जीत

एशिया कप टी २० क्रिकेटमा अफगानिस्तान सुपर फोरमा प्रवेश गरेको छ । समूह बीमा रहेको अफगानिस्तान लगातार दुई खेल खेल्दै सुपर फोरमा प्रवेश गर्ने पहिलो टिम बनेको हो ।

पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको अफगानिस्तानले दोस्रो खेलमा पछिल्लो संस्करणको उप विजेता बंगलादेशमाथि ७ विकेटको जीत दर्ता गरेको हो । बंगलादेशले दिएको १२८ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर पूरा गरेको थियो ।

इब्राहिम जर्दानले ४३ तथा नजिबुल्लाह जर्दानले ४३ रनको नटआउट पारि खेले पछि १८।३ ओभरमा १३१ रन बनाउँदै पूरा गरेको थियो । हर्जरतुल्लाह जजईले २३ रन बनाउँदा रमनुल्लाह गुर्वाजले ११ रनको योगदान गरेको थिए । बंगलादेशका साकिब अल हसन, मोस्दक होसेन र मोहम्मद साइफुदिनले एक एक विकेट लिए । पहिला ब्याटिङ गरेको बंगलादेशले ७ विकेट गुमाएर १२७ रन बनाएको थियो ।

बंगलादेशका लागि मोस्देक हुसेनले ४८ रनको नटआउट पारि खेले । मोहम्मदुल्लाहले २५ रन बनाउँदा अफिफ होसेनले १२ तथा मेहदी हसनले १४ रन जोडे ।  साकिबले ११ रन बनाए ।  अफगास्तिानका मुजीब उर रहेमान र राशिद खानले समान ३–३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button