
मनहरी । मनहरी-७ मा रहेको युनिभर्सल लर्निङ एकेडेमीले एसईईमा सफल भएका आफ्न विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।
शनिबार विद्यालय प्राङ्गणमा आयोजि कार्यक्रममा सफल विद्यार्थीहरुलाई सम्मान गरि विदाई गरिएको हो ।
साथै कार्यक्रमको अवसरमा एसईईमा जिल्लाकै टपर तासिर इंग्लिस बोडिङ स्कुल हेटौंडाका डाउफिन राईकालाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सीता पुलामी मगरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
भने नेपाली कांग्रेस मनहरी गाउँ कमिटीका सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य विर बहादुर घलान, इलाका प्रहरी कार्यालयका प्रमुख कृष्णराज ढकाल, ट्राफिक प्रहरी प्रमुख, डिभिन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णु प्रसाद आचार्य, राष्ट्रिय रोटरी माविका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेल, राष्ट्रिय मावि सुनाचुरीका प्रधानाध्यापक, सुर्य बहादुर मुक्तान, एकेडेमी अर्थ इन्स्टिच्युटका सञ्चालक मनोज मोक्तान, मोबाइल एशोसियसन मनहरीका अध्यक्ष हिमशिखर ब्लोन, कपडा तथा तयारी पोशाक व्यवसायी संघ पश्चिम क्षेत्रका अध्यक्ष गोविन्द अधिकारी, महिला उद्यमी तथा नमुना मन्टेश्वरीका अध्यक्ष लक्ष्मी प्रजा लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रम बोर्डिङ संचालक समितिका अध्यक्ष शिवकुमार रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
