
मनहरी । कैलाश गाउँपालिका ८ स्थित धुवाङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर बितरण गरिएको छ । बागमती प्रदेश सभाकी पूर्व सांसद मुनु सिग्देलले विद्यालयमै पुगेर स्वीटर बितरण गरिएको हो ।
बिहिबार विद्यालय प्राङगणमा एक कार्यक्रमको आयोजना गरी १५० जना बालबालिकालाई स्वीटर वितरण गरिएको हो । स्वीटर बितरण कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति अध्यक्ष राजेश लामा, प्रधानाध्यापक देवराज स्याङ्तान, संचारकर्मी शिवकुमार काशी, युवा संघ नेपाल मकवानपुर उपाध्यक्ष सफल अधिकारी, जिल्ला सदस्य बलराम स्याङ्तान लगायतको सहभागिता थियो ।
