समाचार

शुक्रबारसम्म मनसुन सक्रिय रहने


मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पूर्वी भू(भागमा सरदर स्थानमा अवस्थित रहेकाले अझै केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखा जनाएको छ। महाशाखाका अनुसार आगामी शुक्रबारसम्म आशिंकदेखि पूर्ण बदली रही मुलुकका केही स्थानमा भारी वर्षा हुने भएको हो।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मेघ गर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। यस्तै प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।  यस्तै भोलि बिहीबार र शुक्रबार पनि प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button