खेलकुद

भारतसँग नेपालको लज्जास्पद हार


साफ यू २० च्याम्पियनसिपमा नेपालले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ । सुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल भारतसँग भने आठ शुन्यले पराजित भयो । जित्ने पर्ने खेलमा भारतले नेपालको पोष्टमा गोलको बर्षा गर्यो ।

भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको खेलमा नेपालको प्रदर्शन अपेक्षा अनुसार रहन सकेन । खेलको ३२ औं मिनेटमा नेपालविरुद्ध भारतका टाइसन सिंहले गोल गर्न सफल भए । नेपाली गोलकिपर ईश्वर गुरुङको गल्तिको फाइदामा टाइसनले सहज रुपमा हेडर गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप चार गोल खायो । खेलको ५१ औं मिनेटमा भारतका लागि पार्थिव सुन्दर गोगोईले गोल गर्दै अन्तर दुई शुन्यमा पुर्याए । त्यसपछि ५२ औं मिनेटमा पार्थिवले नै ब्यक्तिगत दोस्रो गोल गर्दा नेपाल तीन शुन्यले पछाडी पर्यो ।

त्यसपछि ६१ औं मिनेटमा नेपालले चौथो गोल खायो । त्यसपछि ७१ औं मिनेटमा नेपालले पाँचौं गोल खायो । भारतका लागि हिमान्सु जान्ग्राले पेनाल्टीमा गोल गरे ।

७८ औं मिनेटमा भारतले नेपालको पोष्टमा छैटौं गोल थप्यो । यसपटक टंकाधर गोउले गोल गरे । भारतविरुद्ध निरिह देखिएको नेपालले पुरै खेलमा उल्लेख्य अवसर जुटाउन सकेन ।

भारतको गोल गर्ने क्रम यतिमा रोकिएन । खेलको अन्तिममा गुरक्रित सिंहले गोल गर्दै टिमलाई सात शुन्यको अग्रता दिलाए । खेलको अन्तिममा फेरी भारतले गोल गर्दा नेपाल आठ शुन्यले पराजित भयो ।अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । जारी प्रतियोगितामा नेपाल एकै खेलमा धेरै गोल खाने टिम बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button