
मनहरी । कैलाश गाउँपालिका वडा न.-८ आगेटारका स्थानीयहरुले बिकास निर्माण बारे गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
देशमा संघियता स्थापना भ यता संघ , प्रदेश र स्थानीय तहका सरकारले बिकास निमार्णमा आफ्नो गाउँलाई उपेक्षा गरेको भन्दै शुक्रबार आगेटारका युवाहरुले कैलाश गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तान समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।
स्थानीय हरि बहादुर लोप्चनको नेतृत्वमा गएको टोलिले आधार भुत स्वास्थ चौकि, खानेपानी , सडक स्तरीकण तथा नयाँ ट्रयाक निर्माण र बिद्यालायको भौतिक संरचना निर्माण लगाएतका माग राख्दै गाउँपालिका अध्यक्ष मुक्तान समक्ष माग राखेका हुन ।
युवाहरूको मागलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले तत्काल एक जना स्वस्थ्यकर्मि र औषधिको व्यवस्था गरि आगेटार बिद्यालयमा रहेको एउटा कोठाबाट सेवा संचालन गर्ने प्रतिबद्ध जनाएको स्थानीय युवा हरि बहादुर लोप्चनले जानकारी दिए ।






