समाचार

थाहाको ९ र १० पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन थाहा नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएको छ ।

मकवानपुर थाहा नगरपालिका वडा नंम्बर ९ र १० पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ९ र १० पूर्ण संस्थागत सुत्केरी वडा घोषणा हुनेमा नगरकै दोस्रो वडा हो ।

यसअघि थाहा नगरपालिकाको वडा नम्बर ६ पुर्ण संस्थागत सुत्केरी घोषणा भइसकेको छ ।
वडा नम्बर ९ मा रहेको चित्लाङ स्वास्थ्य चौकीमा एक समारोहको आयोजना गरी २७ बैशाखमा थाहा नगरपालिकाका मेयर बिष्णु विष्टले चित्लाङ स्वास्थ्य चौकी र टौखेल स्वास्थ्य चौकीलाई प्रमाणपत्र प्रदान गरि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेका हुन।

पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख बिष्णु बिष्टले बिषम परिस्थितिमा पनि अहोरात्र खटेर नागरिकको लागि काम गर्ने स्वास्थ्यकर्मीलाई धन्यवाद दिदै पुर्ण संस्थागत सुत्केरी घोषणा हुदै गर्दा अवसर संगै चुनौती थपिएको बताउनुभएको छ ।

वहाँले स्वास्थ्यलाई प्राथमिकता दिएर नगरले काम गरिरहेको बताउनुभयो साथै नगर प्रमुख बिष्टले नगरलाई पुर्ण संस्थागत सुत्केरी नगरका रुपमा परिचित बनाउन अभियान संचालन गरिएको बताउदै उहाँले २०७६ मा वडा नम्बर ६ लाई पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको उल्लेख गर्दै यो अभियानलाई तीब्रता दिने जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरवासीलाई आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सबै स्वास्थ स्वयंसेविकाको र स्वास्थ्यकर्मीको भुमिका उल्लेख्य रहेको बताउनुभयो ।

वडा न ९ का वडा अध्यक्ष राजकुमार बलामीको सभापतित्वमा सम्पन्न पुर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बिष्णु बिष्ट बिशिस्ट अतिथी नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल,वडा न १० का अध्यक्ष हिरा बहादुर गमाल,थाहा नगर सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने ,प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर भूषण चौधरी ,९ र १० वडाका महिला स्वास्थ स्वयंसेविकाहरु,आमा समुहका सदस्यहरु,राजनैतिक दलका प्रतिनिधिहरु,नगर भित्र रहेका स्वास्थ्य चौकी प्रमुखहरु,जनप्रतिनिधि हरु,लगायतका उपस्थिति रहेको थियो।

थाहा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामिका अनुसार “थाहामा स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलाको दर सुधार हँुदै गएको छ, स्वास्थ्य शाखाले यसमा विशेष चासोको रूपमा हेरेको र नगरका ग्रामीण भेगमा पनि प्रसूति सेवा सञ्चालन भएको हुँदा बर्सेनि सुधार भएको छ” बलामीले भने ।

अब वडा नम्बर ९ र १० मा कुनैपनि गर्भवती घरमा सुत्केरी हुनेछैनन् । वडा नम्बर ८ र १० लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणाका लागि सामाजिक विकास मन्त्रालय बागमती प्रदेश ले गएको असोज महिनामा प्रमाणिकरण गरेको थियो ।

थाहा नगरपालिकाले नगरका सबै सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा प्रसुती गराउनु पर्ने लक्ष्य लिए अनुरुप ९ र १० नम्बर वडामा पूर्ण कार्यान्वयन भएपछि घोषणा गरिएको हो ।
बालमैत्री शासन युक्त थाहानगर घोषणाको तयारी सहित आज बाट एक आधार थप भएको नगरपालिकाको भनाइ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button