खेलकुद

नेपालद्धारा स्कटल्याण्ड ५ विकेटले पराजित


नेपालले स्कटयाण्डलाई ५ विकेटले पराजित गरेको छ । ओपनर आसिफ शेख र तीव्र गतिका बलरको उच्च प्रदर्शनमा नेपालले स्कटल्यान्डमाथि ऐतिहासिक जित हासिल गर्न सफल भएको हो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत स्कटल्याण्डमा जारी प्रतियोगिताmमा घरेलुटोलीलाई पराजित गर्दै नेपालले आफ्नो पहिलो जित दर्ता गरेको हो ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराउँदै इतिहास रचेको हो । यसअघि एकदिवसिय र टि२० दुबैमा नेपालले स्कटल्यान्डलाई हराउन सकेको थिएन । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २५।१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

यो जितसँगै नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । नेपाललाई सहज जिताउन युवा ओपनर आसिफ शेख ६२ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । आसिफले छक्का हान्दै ४८ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक पूरा गरेका थिए ।

रोहित पौडेल ३१ बलमा ५ चौकासहित ३४ रनमा अविजित रहे । रोहितले हम्जा ताहिरलाई विजयी चौका सहित खेल सकाएका थिए । दीपेन्द्रसिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए ।

आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७।२ ओभरमा ४७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । कुशल २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए । कुशल गेभिन मेनको बलमा विकेटकिपर म्याथ्यु क्रिसबाट क्याच आउट भए ।

देव खनाल १४ औं ओभरको तेस्रो बलमा देव खनाल एड्रियन नीलको बलमा एज लागेर फस्ट स्लिपमा ४ रनमा क्याच आउट भए । स्कटल्यान्डका लागि संकटमा अर्धशतक हानेका गेभिन मेनले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४२।५ ओभरमा १ सय ४४ रनमा अल आउट भयो । एक समय ९५(९ को अवस्थामा पुगेको स्कटल्यान्डलाई अन्तिम विकेटका लागि हम्जा ताहिर र गेभिन मेनले ४९ रनको साझेदारीले साख बचाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button