मनहरी । पश्चिम मकवानपुरको एक मात्र शैक्षिक गन्तव्यको रुपमा रहेको मनहरी बहुमुखि क्याम्पसमा नया भर्ना खुलेको छ ।
शैक्षिक सत्र २०८०२०८१ को लागि क्याम्पसले मानविकि र वाणिज्य शङ्कायमा स्नातक तहको लागि नयाँ भर्ना धमाधम लिईरहेको छ ।
स्नातक तहमा मनहरीमै अध्यन अध्यापन भए पछि पश्चिम मकवानपुरका विद्यार्थीहरुलाई अन्यत्र स्थानमै गएर अध्यन गर्नु पर्ने बाध्यता हटेको छ ।
मनहरी बहुमुखि क्याम्पस विद्यार्थी र अभिभावकको रोजाईमा परेको पछि स गुणस्तरीय शिक्षाका लागी हेटौडा , चितवन लगाएतका स्थानमा गएर महङगो मासिक शुल्क , र महङगो कोठा भाडा तिरेर पढ्नु पर्ने बाध्यता हटेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर ग्लान( प्रदीप ) ले बताए ।
क्याम्पसमा दक्ष तथा अनुभवी प्राध्यापकहरु रहेकाले शैक्षिक गुणस्तरमा कुनै शङका गर्ने ठाँउ नरहेको अध्यक्ष ग्लानको भनाई छ ।
गरिब जेहेन्दार तथा असहाय विद्यार्थीहरुको लागि छात्रवृतिको समेत व्यवस्था रहेको छ ।
भदौ २५ गते देखि नियमितरूपमा कक्षा सञ्चालन हुने क्याम्पस प्रशासनले जनाएको छ ।