
हेटौडा । हेटौडा–१९ बस्तिपुरमा रहेको निर्मल बहुमुखि क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) को प्रथम इकाइ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुदीप उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा मन्जिल मैनाली, काजल मोक्तान, सचिव अमन पुरी,सहसचिव सिंग्रीला वाईवा र कोषाध्यक्षमा शर्मिला मल्ल चयन भएकी छिन् । संगठनको सदस्यहरुमा श्रीया वैजु, रवि अधिकारी, खुसी बर्देवा, विनिता वैजु, सीता स्याङ्तान, निकिता जिम्बा, फुलमाया रुम्बा, मिलन गोले, आयुष हमाल, उषा वाईवा, ललीमाया स्याङतान, कविता कंडेल, रुश्मा पुरी, आयुष्मा नेपाल, सुमी लामा, शुभेच्छा सुवेदी, सविता अधिकारी, सविना प्रजा रहेका छन् ।
नेकपा माओवादी केन्द्रका मकवानपुर जिल्ला संयोजक सर्केश घलानको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारी, २ का वडा अध्यक्ष राजकुमार पाख्रीन, अखिल क्रान्तिकारी मकवानपुर जिल्ला अध्यक्ष श्रवणकुमार बर्तौला, पुर्व अध्यक्ष प्रकाश थोकर, उपाध्यक्ष अञ्जु तुम्सिङमगर, कोषाध्यक्ष बुद्ध लामा, सहसचिव अखिल नगर अध्यक्ष झलक छत्कुली, वाइसियल हेटौंडा नगर सचिवालय सदस्य मदन उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।






