समाचार

मनहरी गाउँपालिकाले ८७ करोड ७२ लाखको बजेट ल्यायो

मनहरी ।  मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८७ करोड ७२ लाख ३९ हजार रुपैयाँको बजेट ल्याएको छ  ।

मंगलबार मनहरी गाउँपालिकामा भएको गाउँसभाको १७ औं अधिवेशनको दोस्रो बैठकमा पालिका उपाध्यक्ष सीता पुलामी मगरले बजेट सार्वजनिक गरेका हुन  । आगामी आर्थिक वर्षका लागि आयतर्फ आन्तरिक आयस्रोत तथा बैंक नगद अल्याबाट २६ करोड २ लाख ९० हजार ४६४ रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँट, समपुरक, सशर्त र विशेष समेत गरी ५२ करोड ५४ लाख ५४ हजार ५३६ रुपैयाँ, प्रदेश सरकारको सामनीकरण अनुदान, सवारी कर बाँडफाँट, सशर्त, समपुरक र विशेषगरी ८ करोड ९८ लाख ७४ हजार निकासा हुने र बाँकी १५ लाख ५० हजार रुपैयाँ अन्य संस्थागत आन्तरिक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै व्ययतर्फ संघीय सरकारको सशर्त, विशेष र समपुरक गरी २३ करोड ८६ लाख, प्रदेश सरकारको समपुरक, विशेष र सशर्ततर्फ ५ करोड ४३ लाख ४४ हजार, संघ र प्रदेश सरकारले उपलब्ध गराएको समपुरक बजेटमा गाउँपालिकाको तर्फबाट समेत गरी ४ करोड २ लाख, प्रशासनिक चालु खर्च तथा कार्यक्रम खर्चतर्फ ११ करोड ७३ लाख खर्च हुने अनुमान गरिएको छ । यस्तै विषयगत कार्यक्रम क्रियाकलापतर्फ ९ करोड ८३ लाख २८ हजार, वडास्तरीय योजनातर्फ ४ करोड ९० लाख र गाउँपालिका स्तरीय योजना र पूर्वाधार विकास योजनामा २७ करोड ९४ लाख ६७ हजार रुपैयाँ व्यय हुने अनुमान रहेको गाउँपालिका अध्यक्ष मगरद्वारा प्रश्तुत आगामी आर्थिक वर्षको आयव्यय अनुमानमा उल्लेख छ । पालिकाले सबैभन्दा बढी बजेट पूर्वाधार विकासतर्फ ३३ करोड ११ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको छ भने वित्तीय व्यवस्था सुशासन तथा संस्थागत विकासतर्फ ६ करोड ४ लाख ३ हजार, आर्थिक विकासतर्फ ४ करोड ५५ लाख ४८ हजार, सामाजिक विकासतर्फ ३० करोड ४६ लाख ९३ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ एक करोड ४५ लाख ६० हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक दायित्वतर्फ १२ करोड ८ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button