समाचार

नेकपा माओवादी केन्द्र राक्सिराङको सम्मेलन माघ ६ गते हुने


मनहरी । नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँ कमिटिको सम्मेलन माघ ६ गते हुने तय भएको छ ।  पार्टी गाउँकमिटिका अध्यक्ष हस्त बहादुर मोक्तानका अनुसार तेस्रो सम्मोलन माघ ६ गते राक्सिराङ–५ चैनपुरमा गर्ने तय भएको जानकारी दिए ।

सम्मेलानबाट माओवादी केन्द्र राक्सिराङले नयाँ नेतृत्व पाउने छ । राक्सिराङमा पार्टीलाई जनताको व्यापक जन सर्मथन रहे पनि संगठनलाई थप सुदृढ गरि जनताको घर घरमा जाने तयारी गरिरहेको अध्यक्ष मोक्तानले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा केन्द्रिय नेता राक्सिराङ आउने छ ।  पार्टीको ऐतिहासिक सम्मेलन सफल पार्न सबैलाई उपस्थीत हुन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button