
मनहरी । मनहरीमा खाद्य अधिकार सम्बन्धि शनिबार पुनर्ताजगी कार्यशाला भएको छ । फियान नेपालको आयोजनामा मनहरीमा क्रियशिल खाद्य अधिकारकर्मिहरुलाई लक्षित गरेर स्थानीय खाद्य अधिकार सञ्जाल सदस्यहरुलाई खाद्य अधिकार हनन्का सवाल पहिचान र दस्तावेजीकरण सम्बन्धि पुनर्ताजगी कार्याशालको आयोजना गरिएको छ ।
कार्याशालामा फियान नेपालका लक्ष्मी गुरुङले खाद्य अधिकारको परिचय र खाद्य अधिकार बारे बनेका नियम कानुन र यसको उपयोगको बारेमा सहभागीहरुलाई सहजीकरण गरेका थिए ।
मकवानपुरमा फियान नेपालले राक्सिराङ , मनहरी गाँउपालिका र हेटौडाका केहि वडाहरुमा कार्यक्रम सञ्चालन गर्दैै आइरेको छ ।






