
मनहरी । मनहरी गाउँपालिकास्तरीय उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता मनहरी गाउँपालिका ४ गोलघरस्थित खेल मैदानमा सुरु भएको छ ।
प्रतियोगिताको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले गर्नु भएको छ ।
खेलकुद विकास समिति मनहरीको आयोजना तथा मनहरी गाउँपालिकाको संरक्षकत्वमा सञ्चालन भएको उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष कालाखेतीले खेलकुद क्षेत्रलाई चलायमान बनाउनका लागि गाउँपालिकाको तर्फबाट हरेक हिसाबले सक्रियता जनाइरहेको बताउनुभयो ।
त्यसैगरी उपाध्यक्ष सीता पुलामी मगरले यसअघि अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना भइसकेको बताउँदै उपाध्यक्ष कप भलिबल प्रतियोगिताबाट भलिबलका खेलाडीहरुमा उत्साह भर्न लागिएको बताउनुभयो ।
मनहरी खेलकुद विकास समितिका अध्यक्ष एबम् कार्यक्रम संयोजक बिरु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा मसिने शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामहरि बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी मनहरीका सभापति गोविन्द सापकोटा, ३ नं वडाका वडाध्यक्ष अनन्त प्रकाश अर्याल लगायतले प्रतियोगिताको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
प्रतियोगिता अन्तर्गत उदघाटनका दिन भएका लिगचरणका ६ वटा खेलबाट ९ नं वडाको टिम लिग चरणबाटै बाहिरिएको छ ।
लगातार २ वटा खेलमा पराजित भएपछि ९ नं वडाको टिम बाहिरिएको आयोजकले जनाएको छ ।
अब माघ २४ गते १ देखि ८ नं वडाका ८ वटा टिमले क्वार्टरफाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।





