
हेटौडा । तामाङ कथानक चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शनि बार विशेष शो भएको छ । मुनसन सुपर स्टार मुभिज प्रालिको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको हेटौडामा रहेको ओम्याक्स हलमा विशेष शनिबार भएको निर्माता पक्षले जनाएको छ ।
प्रेम कथामा आधारित निर्मित उक्त चलचित्रमा नायक सञ्जय लामा (हुत्त),हेमकुमार तितुङ, नायिका सुनिता लुङ्बा, तारा थोकर, माया डोल्मा लामा, मनिका सिन्तान, राजकुमार तामाङ, जगत बहादुर मोक्तान र हिरा बहादुर मुक्तान लगाएत कलाकारहरुको अभिनय रहेको छ ।
मकवानपुरको इन्द्रसरोवरको हुमानेमा छायांकन गरिएको चलचित्रको २४ लाख लगानीमा निर्माण सम्पन्न भएको नायक तथा निर्देशक हुत्त संजय लामाले जानकारी दिए। लोसाङ लामा र इकेश लामा निर्मित चलचित्रमा बिस्वजंग माझीले सह–निर्देशकको भुमिका निभाएका छन्।
शनिबार हेटौडमा रहेको ओम्याक्स सिनेमा हलमा उक्त चलचित्र हेर्न दर्शकहरुको बाक्लो उपस्तीथी रहेको थियो । तामाङ सामुदायको अग्रज व्यक्तित्व र पत्रकारहरुको पनि उपस्थीत रहेको थयो । दर्शकहरुले यो चलचित्रको निकै उत्कृष्ट बनेको प्रतिक्रिय व्यक्त गरेका थिए । चलचित्रको सबै पाटो उत्कृष्ट लागेको र तामाङ चलचित्रहरु मध्ये हाल सम्मको प्रस्तुती शैली निकै राम्रो रहेको तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङले प्रतिक्रिय व्यक्त गरे । शनिबार भएको विशेष शो मा करिब ३ सय जना भन्दा बढि दर्शकहरुले चलचित्र हेरेका थिए ।







