राजनीति

माओवादी केन्द्र बागमतीले तोक्यो चुनावी कमान्डर,मकवानपुरमा गौतम र मोक्तान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले दुई महिना चुनावी मैदानमा खटिने गरी वागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार वागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको बैठकले सबै केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिएको हो ।

वागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र चितवन–३ को कमाण्डर रेणु दाहाललाई दिइएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button