खेलकुद

मनिष डाँगी बहराइनको इत्तेहाद अल रेफ क्लबमा आवद्ध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाद अल रेफ क्लबमा अनुबन्ध भएका छन् । बहराइनको अमेच्योर फुटबल क्लब इत्तेहादले मनिषलाई आगामी सिजनको लागि अनुबन्ध गरेको हो ।

क्लबले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनलाई अनुबन्ध गरिएको जनाएको छ । मनिषले च्यानम्पियन मछिन्द्र एफसीबाट गत सिजन ए डिभिजन लिग खेलेका थिए । २० वर्षीय मनिषले २०२१ मे मा इराकविरुद्ध राष्ट्रिय टिमबाट डेब्यु गर्दै गोलसमेत गरेका थिए ।

दक्षिण कोरियामा फुटबल सिकेका उनले नेपालको यू(१९ र यू–२३ टिमबाट समेत खेलिसकेका छन् । यस्तै विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग खेलेका थिए । मनिषले नेपालका लागि १४ खेल खेल्दै २ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button