समाचार

गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा कैलाशका अध्यक्ष लोक मोक्तान निर्वाचित


मनहरी । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा निर्वाचित भएका छन् ।

मंगलबार काठमाण्डौमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट मोक्तान लगाएत ३६ जना निर्विरोध निर्वाचित भएका हुन् । महासंघको अध्यक्षमा नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित भएकि थिइन् ।

निर्विरोध निर्वाचित भएपछि प्रतिक्रिया दिंदै मुक्तानले गाउँपालिकाको समस्यालाई केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गर्न सकृयरुपमा भुमिका निर्वाह गर्ने बताए ।
महासंघको निर्वाचन समितिले मंगलबार प्रकाशित गरेको निर्वाचित केन्द्रिय कार्यसमितिको विवरण यस्तो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button